भीमफेदीमा माइक्रोबस दुर्घटनामा १४ जनाको ज्यान गयो

काठमाडौँ । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा एकै परिवारका ६ सहित १४ जनाको ज्यान गएको छ । अरू ६ जना घाइते भएका छन् ।

काठमाण्डाैबाट सर्लाही जाँदै गरेको विद्युतीय माइक्रोबस आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा सडकबाट झन्डै ७०० मिटर तल झरेको हो ।

माइक्राेबसमा चालकसहित २० जना सवार रहेका पाइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलकी पुनम रायसहित उहाँको परिवारका ६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा सुन्दरपुरटोलका २५ वर्षीय सुवेक यादव, ८ वर्षीया शिक्षा यादव, ४ वर्षीया दीपिका कुमारी यादव, २५ वर्षीय सुबाेध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन् ।

त्यस्तै चालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रवि शङ्कर कुमार मण्डलको पनि दुर्घटनामा ज्यान गएको छ । ३ जनाको पहिचान खुल्न बाँकी छ ।

दुर्घटनामा घाइते भएका ६ मध्ये ३ जना उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन् भने ३ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ ।

प्रतिकृया दिनुहोस

राष्ट्रिय कर दिवसको अवसरमा १९ विधामा करदाता सम्मानित

काठमाडौँ । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतको शपथ

काठमाडौँ । तीन देशका लागि नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा

सुनको भाउ १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडौँ । सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १२ हजार ६०० रुपैयाँ र चाँदी १५५ रुपैयाँले घटेको हो

↑